‘काउ म्याट’ वितरण

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले किसानलाई ‘काउ म्याट’ वितरण गरेको छ ।

किसान, सहकारी संस्था र गाउँपालिकाको साझेदारीमा ३० जना किसानलाई ‘काउ म्याट’ वितरण गरिएको हो । गाउँपालिका–५ स्थित जनजागृति बहुद्देश्यीय सहकारी संस्थामार्फत उनीहरुलाई ‘काउ म्याट’ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ५०, किसानको २५ र सहकारी संस्थाको २५ प्रतिशत लगानीमा ‘काउ म्याट’ खरिद गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले जानकारी दिए।

यसैगरी मकवानपुरगढी गाउँपालिका–६ स्थित डुमे्रकुनामा रु ६ करोड ५७ लाखको लागतमा १५ श्ययाको अस्पताल भवनको निर्माण शुरु भएको छ । अस्पताल भवन निर्माणका लागि स्थानीयवासी नरबहादुर स्यागङतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गरेको गाउँपालिका इञ्जिनीयर सुवास अधिकारीले बताए।

भवन निमार्णका कार्य आर्थिक वर्ष २०७८\७९ मा सम्पन्न हुने बताइएको छ । अस्पताल नहँुदा यस क्षेत्रका नागरिकलाई उपचारका लागि हेटाँैडा र चितवन जानुपर्ने बाध्यता छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार