धादिङमा चर्छन् चितवनका मौरी

धादिङ । वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन्। मौरीलाई चाहिने फूलको रस नभएका कारण मौरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएको हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो जग्गा भाडामा लिएर मौरीको घार राखिएको छ।

चितवनमा विगत १८ वर्षदेखि मौरीपालन गर्दै आउनुभएका ७० वर्षीय अशोक बस्नेत अझै जोस् र जाँगरका साथ मौरी चराउँदै हिँडिरहनुभएको छ । उनीसँगै अर्जुन कार्की, सुरेश बस्नेत र कुमार कार्कीसमेत ४५० घार मौरी लिएर चराउन आएको छ । धादिङमा मेलिफेरा जातको मौरीका लागि उपयुक्त स्थान भएकोले मौरी चराउन ल्याएको बन्सेटारमा भेटिनुभएका अर्जुनले बताए। धादिङमा चराउन ल्याइएका मौरी भदौसम्म राखिने उनले बताए।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार