व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन

काठमाडौं । नेपालका प्रतिष्ठित उद्यमी तथा रेस्टुरेन्ट व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । लामो समयदेखि मुखको क्यान्सरबाट पीडित कक्षपतिको उपचारका क्रममा  निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।

लामो समय भारतमा उपचार गराए पनि निको नभएपछि केही समय उनलाई थाइल्यान्ड लगिएको थियो । उनी देशभर सञ्जाल फैलिएको नाङ्लो बेकरी र डि बेकरी क्याफेका संस्थापक पनि हुन् ।  उनको धादिङमा रिभरसाइड रिसोर्ट समेत सञ्चालनमा छ ।

कोरोनाका कारण हालै बन्द घोषणा गरेको शुभतारा स्कूलका समेत उनी सञ्चालक हुन् ।

कक्षपतिका श्रीमती, एक छोरा र एक छोरी छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार