कामु प्रधान सेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई

काठमाडौं । बलाधिकृत रथी प्रभुराम शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हालेका छन्।

प्रधान सेनापति पूर्णचन्द्र थापाले आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा शर्मालाई संगठनको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

शर्मालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २५ देखि लागू हुने गरी कामु प्रधानसेनापति नियुक्त गरेकी थिइन्।

यससँगै प्रधानसेनापति थापा आजदेखि तीन वर्षको कार्यकाल सकेर बिदामा बसेका छन्। शर्मा भने भदौ २५ गतेदेखि प्रधान सेनापतिको जिम्मेवारीमा रहन्छन्।

नेपाली सेनाबाट अवकाश हुनुभन्दा एक महिना पहिले नै प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार