कविता : बत्ती

तार छ, चिम छन्, बल्दैन कहिल्यै बत्ती
नेपालीले कहिलेसम्म पाउने यस्तो सास्ती ?

बल्छ एकछिन, निभ्छ झ्याप्प, लोडसेडिङ होइन
उज्यालोमा रमाउन, मैले कहिल्यै पाइनँ

कहिले लठ्ठा, कहिले तार, कहिले ट्रान्समिटर
नबिग्रे हुन्थ्यो, बत्ती बल्थ्यो, उज्यालिन्थ्यो घर

लोडसेडिङ मुक्त पारी, नियमित बालाैँ बत्ती
बत्तीले नै झिलिमिली, साँझ अनि राती

अन्धकार जीवनलाई उज्यालो दिने बत्ती
बाल्न पाए नियमित, आम्दानी कत्ति–कत्ति !

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार