१५६ विद्यालय भवन पुनःनिर्माण

गोरखा । भूकम्पले क्षति पु¥याएका १५६ विद्यालय भवन पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १३१ विद्यालयका १५६ भवन पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ ९शिक्षा० प्रमुख अशोक पराजुलीले जानकारी दिए ।

उनले भने, “हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ । ” जिल्लामा ६९ शौचालय पुनःनिर्माण गर्नुपर्नेमध्ये ६८ सम्पन्न भएको छ ।

यसैगरी ३६ खानेपानी धारा पुनःनिर्माण गर्नुपर्नेमध्ये ३४सम्पन्न भएको छ । जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी २६८ बनाउनुपर्ने मध्ये २५७ सम्पन्न भएको जनाइएको छ । उनले भने, “हामीले जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा सकाउने लक्ष्य राखे पनि बर्खायाममा विभिन्न ठाउँमा भत्किएको बाटो र विद्युत्को समस्याले निर्माण सम्पन्न हुनसकेन । अब आगामी कात्तिक महिनाभित्र सबै काम सम्पन्न गर्नेछौँ । ” जिल्लामा विद्यालय भवन पुनःनिर्माण आर्थिक वर्ष २०७३÷०७४ शुरु भएको थियो।

उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो । । जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमध्ये १३१ विद्यालयमा भूकम्पले क्षति पु¥याएको थियो । सबै योजना विद्यालय व्यवस्थापन समितिमार्फत पुनःनिर्माण भइरहेको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार