‘स्तनपान अमृत समान’

भनिन्छ एक जना महिला स्वस्थ भइन् भने संसार नै स्वस्थ हुन्छ । त्यसैले महिलाको शारीरिक एवम् मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

अझ गर्भवती महिलाहरु त झन् शारीरिक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ र तन्दुरुस्त रहनु अपरिहार्य छ र उनीहरुलाई स्वस्थ राख्नका लागि उनीहरुको खानपान र स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ ।

नवजात शिशुको पहिलो खुराक नै आमाको बिगौती दुध हो । नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र आमाको बाक्लो बिगौती दुध खुवाउनपर्छ । जन्मेको दिनबाट ६ महिनासम्म निरन्तर आमाको स्तनपान गराई शिशुलाई स्वस्थ्य र तन्दुरुस्त बनाउनुपर्छ । नवजात शिशु जन्मेको ६ महिना पश्चात आमाको दुधको साथै अन्य पौष्टिक आहारमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।

स्तनपान गराउनुने आमाहरुलाई परिवार र श्रीमानको पनि उत्तिकै साथ र सहयोग चाहिन्छ । सुत्केरी आमाहरुलाई सुरु–सुरुमा अप्ठ्यारो लाग्न सक्छ तर स्तनपान समयसँगै सिकिँदै जाने कुरा हो । यस्तो समयमा स्तनपानका लागि परिवारका सदस्यको साथ र सहयोग अनि माया दिएर स्तनपानमा सहयोग पु¥याउन सकिन्छ ।

महिलाको स्तनमा दुध उत्पादन गराउन प्रोल्याक्टिन र अक्सिटोसिन हर्मोनको मुख्य भुमिका रहन्छ । ती हर्मोनले आमाको स्तनमा दुध बन्न उत्तेजकको भूमिका खेल्छन् । त्यसैले गर्भावस्थामा गर्भवती महिलालाई जब आफ्नो पेटमा बच्चा बसेको थाहा हुन्छ तब देखि नै ‘म आफ्नो बच्चालाई मेरो दुध मात्र खुवाउँछु’ भनेर मानसिक रुपमा तयारी बनाउनुुपर्छ । यो तयारीले ‘इन्डोर्फिन’ नामक नेचुरल हर्मोन बन्छ ।

साथमा गर्भवती महिलाको खाना, पौष्टिक आहार र मैत्रीपूर्ण व्यवहार पनि उत्तिकै आवश्यक रहन्छ । महिलाको शरीरको सरसफाई र स्तनको सफाई पनि उत्तिकै जरुरी हुन्छ, जसको कारण दुध आउने प्वालहरु खुला रही सुत्केरी अवस्थामा स्तनबाट सहजै दुध आउँछ ।

आजभोलि अफिस, सौन्दर्य र फिगर मेन्टेन गर्ने नाममा स्तन नचुसाउने फेसन चलेको छ, यसले नवजात शिशुको दुध चुस्ने अधिकार त खोसिन्छ नै साथै सुत्केरी महिलाको स्वास्थ्यमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि स्तनपान सप्ताहको अवसरमा सचेतनामूलक सामाग्रीहरु तयारी र प्रकाशन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार