शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव मधुप्रसाद रेग्मी नियुक्त

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सचिवसमेत रहेका रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगको सदस्यहरूमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन नियुक्त भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

आयोग करिब एक वर्षदेखि पदाधिकारी विहीन रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार