एनआरएन साउदी अरबको निर्वाचनमा चरम धाँधली भएको आरोप

साउदी अरब । नेपाली संघ साउदी अरबको राष्ट्रिय समन्वय परिषदको आठौँ महाधिवेशनमा चरम धाँधली भएको उम्मेद्वारले आरोप लगाएका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले आफ्नै विधान र जारी निर्देशिका एवम् समय तालिका समेतको उल्लंघन गरेको आरोप उम्मेद्वारले लगाएका हुन् ।

एनसिसी र मातहतका समितिहरूको निर्वाचनमा समेत गम्भीर अनियमितता गरेको २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा उमेद्वारी प्रस्तुत गरेका रोशन श्रेष्ठले जानकारी दिए ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको निर्वाचन समितिका संयोजक जोन अर्याल, सदस्य नारायण पासवान र रमेश भण्डारी रहेको समितिबाट भएका सबै अनियमितताहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न गराउन जोडदार माग गरिएको छ ।

नेपाली काङ्ग्रेसको भातृ संगठन जनसम्पर्क समिति र संघीय लोकतान्त्रिक राष्टिय मंचको भातृ संगठन संघीय लिम्बुवान सामाजिक मंच साउदीले समेत प्रेश विज्ञप्ति प्रकाशित गरी अनियमितताको ध्यानाकर्षण गराएको थियो ।

निर्वाचन समिति, संघको राष्ट्रिय समन्वय परिषद साउदी अरब र गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिलाई जानकारी गराउँदा समेत सुनवाइ नभएको साउदी अरबबाट लिम्बुवान सामाजिक मंच सल्लाहकार श्री लिम्बुले जानकारी दिए ।

अध्यक्षको उमेदवार रहेका रोशन श्रेष्ठले आफूले पटक पटक निर्वाचन समिति र राष्ट्रिय समन्वय समितिलाई ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकोप्रति दुःख व्यक्त गरेका छन्।

उनले आफू विगत ८ वर्षदेखि निरन्तर सक्रिय भई कार्यसमितिमा उपाध्यक्ष र आठौं अधिवेशनको अध्यक्षको प्रत्यासी रहेको र एनआरएनए एनसीसी साउदी अरेबियाको आठौं महाधिवेशनमा अध्यक्षको प्रत्यासी भएको हैसियतले एवम् संस्थाको गरिमालाई मध्यनजर गर्दै संस्थाको आठौं अधिवेशनका लागि संस्था र निर्वाचन समितिले गरिरहेका गतिविधि बारे जानकारी गराएको तर सुनुवाइ नभएको बताए ।

‘उम्मेद्वार भएको हैसियतले आफ्ूले निर्वाचन समिति, वर्तमान कार्यसमितिका अध्यक्ष, आईसीसीका बहालवाला अग्रज पदाधिकारीहरुको समेत ध्यानाकर्षण गराउनु कर्तव्य ठानेको छु ।’ अध्यक्षका प्रत्यासी श्रेष्ठले भने ।

विधान विपरित कार्यसमितिले अधिवेशन प्रतिनिधिहरु छनौट गरेको, निर्वाचनको तालिका विपरित निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको, निर्वाचन कार्य तालिका तथा आचार संहिता अनुरुप बुँदा नम्बर ४ अनुसार मतदाताहरुको अन्तिम सुचि प्रकाशन गर्ने मिति ९ जुलाई तोकिएको तर निर्वाचन समितिले २६ जुलाईमा सुचि सार्वजनिक गरेको आरोप लगाएका छन् ।

त्यसैगरी विधानको धारा १४ को उपधारा ३ मा प्रत्येक २० जना पञ्जीकृत सदस्य बराबर १ जनाको अनुपातमा महाधिवेसन प्रतिनिधि चयन गरिने भएपनि सो बमोजिम नभएको उल्लेख छ ।

निर्वाचन समितिले जारी गरेको सुचनाको खण्ड क बमोजिम एनसीसी र आईसीसीका पूर्व पदाधिकारीहरुको नामावली प्रकाशन नगरेको, संस्थामा महत्वपूर्ण योगदान गरेका आग्रजहरु प्रतिनिधिको रुपमा चयन नगरी २ महिना अघि बनेका सदस्यहरुलाई मनोमानी ढंगले प्रतिनिधिमा राखेर अग्रजहरुको भावनामा खेलबड गरेको भनि श्रेष्ठले संस्थाको निर्वाचनमा असन्तुष्टि पोखेका छन् ।

संस्थाको कार्यसमितिभित्र छलफल र निर्णय नै नगरी प्रतिनिधिहरु चयन गरिएको र गत ३० जुलाईमा भएको निर्वाचनमा मतदान कसरी गरियो, कुन विधि अपनाइयो भन्ने कुराको जानकारी स्वयम् अध्यक्षको प्रत्यासी लगायत प्रतिनिधिहरुलाई समेत नभएको रोशन श्रेष्ठको दाबी रहेको छ।

उनले संस्थाका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, संस्थाका प्रवक्ता लगायतलाई यस विषयमा पत्र पठाउँदा समेत कुनै किसिमको सुनवाई नभएको भन्दै माथि देखिकै सेटिङ्गमा निर्वाचनमा चरम धाँधली भएको आरोप लगाएका छन्।

गैर आवासीय नेपालीहरुको छातासंगठनको रुपमा रहेर विश्वभरका नेपालीहरुको सारथी बन्दै गरेको एनआरएनए संस्थाले यसरी दम्भ र घमण्डले निर्वाचन गर्नुले संस्थाप्रति आम नेपालीमा वितृष्णा पैदा हुने गैर आवासीय नेपालीहरुको ठहर छ ।

संस्थाले सबै पक्षको विरोधको बावजुत पनि गत जुलाई ३० गते निर्वाचन सम्पन्न भएको भन्दै एक पक्ष रुपमा डम्बर यादवलाई विजयी घोषणा गरेको थियो ।

अध्यक्षका प्रत्यासी श्रेष्ठले निर्वाचनमा धाँधली भएकाले पुनः निर्वाचन गराई एनआरएन साउदीको साखलाई कायम राख्न माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार