बसपार्क निर्माणमा ढिलासुस्ती

राजविराज । नगरवासीको चाहना र सपनाका रुपमा लामो समयदेखि बसपार्क निर्माणमा ढिलासुस्ती हुँदा अलपत्र परेको छ । सप्तरीको राजविराजस्थित राजदेवी टोलमा रहेको व्यवस्थित बसपार्क निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन ।

निर्माण कार्यको समय अवधिसमत समाप्त भएको सात महिना बितिसकेको बताइएको छ । शहरी विकास मन्त्रालयबाट रु १६ करोड ३८ लाख ९६ हजार ५१९ मा काम गर्ने ठेक्का पाएको काठमाडौँको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालीले उक्त बसपार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले २०७७ साल पुस १८ गतेभित्र बसपार्क निर्माण गरिसक्नुपर्ने समय निर्धारण गरिएको थियो । सुस्तगतिमा काम गर्दा म्याद सकिएको सात महिना भन्दाबढी भइसक्दा पनि ५० प्रतिशत काम मात्र भएको पाइएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार