गाउँपालिकालाई दुई लाखको स्वास्थ्य सामग्री सहयोग

दमौली, १७ साउन: कारितास नेपाल धोविघाट ललितपुरले तनहुँको घिरिङ गाउँपालिकालाई रु दुई लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ सँग जुध्न उक्त संस्थाले गाउँपालिकालाई रु दुई लाख १८ हजार ५३७ बराबर स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाका प्रतिनिधि प्रकाशचन्द्र चाडले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले स्वास्थ्य सामग्रीले कोभिड नियन्त्रणका लागि सहयोग पुग्ने जनाउँदै उक्त संस्थाप्रति धन्यवाद व्यक्त गरे । गाउँपालिकालाई मास्क, स्यानीटाइजर, पिपिई, पञ्जा, फेसशिल्ड, स्यानीटाइजरलगायतका सामग्री सहयोग गरिएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार