कविता : तुइन जिन्दगी

तुन्द्रुङ्ङ उल्टो झुण्डिरहेको ऊ
अर्थात् तुइन जिन्दगी

कहिले खस्छ नदीमा
र बिलाइजान्छ

भन्न सक्दिनँ म

भन्न सकिएन तुइन हटाउने अभियान कहिले खस्छ !!

दक्षिणले सहयोग गरेछ
र खस्यो ऊ !!


न नेताको सन्तान
न धनीको छोरो
ए, जाबो जनताको छोरो मरेछ !!
किन बोल्नु,
रोटी र बेटीको सम्बन्ध जो सकिन्छ
अनि बेचिएको भूमिको राज सकिन्छ
नीति खुस्किन्छ
राजनीति सकिन्छ र राजनीतिक स्वार्थ पोखिन्छ

गरिब मर्दा त कलमको मसी नै पो सकिन्छ
किन शब्दभण्डार नै रित्तिन्छ ?

भन त,
कहिले चुँडिने हो तुइन जिन्दगीको डोरी ?

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार