कर्णालीका होटल व्यवसायीद्वारा राहत माग

सुर्खेत ।   होटल व्यवसायी संघ सुर्खेतले बिहीबार कर्णालीप्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटेल व्यवसायलाई उकास्न राहतको माग गरेका हुन् ।

कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकोले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले जानकारी दिए ।

‘विगत दुई वर्षदेखि हामी थला परेका छौं,राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन’–उनले भने ।

कोरोना महामारीको यस्तो अवस्थामा खोप पनि दिन कञ्जुस्याईं गरिरहेको भन्दै अध्यक्ष रावतले व्यवसायीहरूलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए ।

अध्यक्ष रावतका अनुसार सुर्खेतमा मात्र एक हजार दुई सय ५० होटलहरूमा पाँच हजार कर्मचारीहरू रहेका छन् । कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीहरूलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने मागसमेत गरिएको रावतले जानकारी दिए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार