धनी र सफल बन्नका लागि ९ टिप्स (podcast सहित)

१. बिहान उठ्नेवित्तिकै प्रेरणा जगाउने किताब, भिडियो वा अडियोमा केन्द्रित हुने । टिभी वा सोसल मिडियामा नझुण्डिने । हरेक दिन कम्तीमा २० मिनेट ।

२. आफ्नाे लक्ष्य बनाउने । हरेक दिनको ‘टु-डु लिस्ट’ बनाएर काम गर्ने । दैनिक, साप्ताहिक, मासिक लक्ष्य बनाउने ।

३. थोरै तर महत्वपूर्ण कुरामा केन्द्रित हुने ।

४. हरेक दिन केही न केही नयाँ र उपयोगी सीप सिक्ने । बिहान ४ बजे उठेर पढ्ने प्रयास गर्ने।

५. ‘नो’ अर्थात् ‘नाइ’, ‘हुन्न’ भन्न थाल्ने । ‘चाहिन्न’, ‘पर्दैन’, ‘मनपर्दैन’ भन्न सिक्ने । यसरी अनावश्यक कामकुराबाट टाढै रहने।

६. अप्ठेरो लाग्ने काम पहिले गर्ने । बिहानकाे समयमा धेरै महत्वपूर्ण काम गर्ने ।

७. सफलताको चित्र देख्ने । सपना देख्ने र पूरा गर्न लागिपर्ने ।

८. जङ्क फुड नखाने । स्वस्थकर खानेकुरा खाने ।

९. टिभी शो र सोसल मिडियाबाट टाढै रहने । दैनिक व्यायाम गर्ने ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार