एमालेले महिला युथ फोर्स गठन गर्ने

काठमाडौं । नेकपा एमालेले महिला युथ फोर्स गठन गर्ने तयारी गरेको छ ।

सरकारबाट बाहिरिनेवित्तिकै युथ फोर्स ब्युँताएको एमालेले बृहत् युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा गर्ने तयारी गरेको छ।

साउन २३ गते काठमाडौंमा बृहत् भेला गर्ने र त्यस दिन उपत्यकास्तरीय महिला युथ फोर्स घोषणाको तयारी गरिएको हो।

राष्ट्रिय युवा संघ नेपालले बृहत युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा राष्ट्रिय सभागृहबाट गर्न लागेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बृहत युवा महिला भेला र महिला युथ फोर्स घोषणा गर्ने तयारी छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार