ह्वावेले दोस्रो वर्षको लागि सीड्स फर द फ्युचरको उद्घाटन समारोहको आयोजना गर्‍यो –
आईसीटी विद्यार्थीहरूका लागि ह्वावेको विश्वव्यापी प्रमुख CSR कार्यक्रम

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

ह्वावेले दोस्रो वर्षको लागि सीड्स फर द फ्युचरको उद्घाटन समारोहको आयोजना गर्‍यो – आईसीटी विद्यार्थीहरूका लागि ह्वावेको विश्वव्यापी प्रमुख CSR कार्यक्रम

 

[काठमाडौं, अगस्ट १६, २०२२] ह्वावेले सीड्स फर द फ्युचर २०२२ को उद्घाटन समारोह आज काठमाडौंमा आयोजना गर्‍यो । यस कार्यक्रम ह्वावेको ग्लोबल फ्ल्यागशिप CSR कार्यक्रम हो जुन सबै ICT-सम्बन्धित विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि लक्षित छ । ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । कार्यक्रम पहिलो पटक थाइल्याण्ड मा २००८ मा सुरु भएको थियो। त्यसबेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका १२,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन्।

 

 

यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । त्यसपछि प्रा. डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलले लिएको जीपीए, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा ७ जना विद्यार्थीलाई छनोट गरिएको थियो । नेपालबाट छनोट भएका ७ बिद्यार्थीहरु यी हुन् ।

निर्माण खड्का – काठमाडौं विश्वविध्यालय

बंशज पौडेल – मदन भण्डारी मेमोरियल कलेज

जतिन भुसाल – ख्वोपा ईन्जिनियरिङ कलेज

रीया बैद्य – पुल्चोक क्याम्पस

नदिका पौडेल – पुल्चोक क्याम्पस

प्रज्ञा मल्लिक – काठमाडौं विश्वविध्यालय

अजु तामाङ्     अमृत साइन्स क्याम्पस

 

जुलाईमा छनोट भएदेखि, विद्यार्थीहरूले विभिन्न संलग्नताहरू मार्फत नेपालको आईसीटी उद्योगमा अन्तर्दृष्टि प्राप्त गर्दै आएका छन्। विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर सम्बन्धी कक्षाहरू प्राप्त गरेका छन्, डिशहोमका कार्यालयहरूमा गएर एफटीटीएच इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा सिकेका छन् र काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ कार्यशालामा भाग लिएका छन्। संगठनको “द नेक्स्ट ५०” अभियानको एक हिस्साको रूपमा युनेस्कोले पनि विद्यार्थीहरूलाई संलग्न गराएको छ।

 

विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पनि सहभागी हुन पाउनेछन् जहाँ उनीहरूले व्यावहारिक अनुप्रयोगहरू हेरेर 5G, एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूको बारेमा सिक्नेछन्। यसका साथै 5G को व्यावहारिक अनुप्रयोगहरू हेर्दै र 14 देशका विद्यार्थीहरूसँग क्रस-सांस्कृतिक शिक्षामा पनि  संलग्न हुनेछन् । उनीहरूले “Tech4Good” प्रतियोगितामा पनि भाग लिनेछन् जहाँ विद्यार्थीहरूले वास्तविक-विश्व वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचार लिएर आउनु पर्ने हुन्छ। Tech4Good परियोजनाका विजेता टोलीहरूले सिंगापुरमा अगस्ट २९ देखि  सेप्टेम्बर २ सम्म आयोजना हुने Tech4Good एक्सेलेटर क्याम्पमा सहभागी हुन पाउनेछन्। उनीहरू फर्किएपछि, विद्यार्थीहरूले सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावे निर्मित बेस स्टेशनको भ्रमण गर्नेछन्।

 

कार्यक्रममा बोल्दै अतिथिहरु सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र छनोट समितिका सदस्यहरुले यस्तो कार्यक्रम ल्याएकोमा ह्वावेलाई धन्यवाद दिदै Tech4Good प्रतियोगिताको लागि ७ विद्यार्थीहरूलाई शुभकामना दिनुभयो। ह्वावे नेपालका बोर्ड सदस्य जेसन लीले ह्वावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन सक्षम बनाइराख्न चाहन्छ भन्ने कुरा राख्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *