भरतपुरमा एमाले भन्दा रेनु दाहाल अगाडि

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

भरतपुरमा एमाले भन्दा रेनु दाहाल ३ हजार १ सय ८१ मतले अगाडि

 

शुक्रबार, जेठ ६, २०७९ / Fri. May 20, 2022

 

चितवन : चितवन स्थित हाम्रा संवाददाताका अनुसार चितवन जिल्लाको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर केही घटेको छ । अहिलेसम्म ५७,७७७ मतगणना हुँदा दाहाल तीन ३,१८१ मतले अघि हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार दाहालले २१,६८३ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १८,५०२ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म ८,०६७ मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले २४,०३० मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले १४,६५४ मत ल्याउनुभएको छ । उहाँहरूबीच ९,३६७ मतकाे मतान्तर रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *