इन्धनमा १० रुपैयाँ बढाएपछि विद्यार्थी नेता पुगे निगमको कार्यलय
एक्कासी ईन्धनमा १० रुपैयाँ बढाएपछि विद्यार्थी नेताहरु पुगे निगमको केन्द्रीय कार्यालय

आइतबार, जेठ १, २०७९ / Sun. May 15, 2022
काठमाडौं : आज रातिदेखि एकाएक सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गराएपछि उक्त नाजायज वृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०-१० रुपैयाँका दरले वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुमा पुगेर अविलम्ब खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
जनताको जीवन नै धान्न नसक्ने गरी सरकारले गराएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै विरोध गर्नुपरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । उनले सो मूल्यवृद्धि तत्काल खारेज नभए जन आन्दोलनको आँधीबेहरी सिर्जना गरी वर्तमान सरकार नै ध्वस्त पारिदिने चेतावनी पनि दिएका छन् ।
विरोध प्रदर्शनमा उत्रिएकाहरुले ‘मूल्यवृद्धि तत्काल खारेज गर’, ‘जनता मार्न पाइँदैन, मूल्यवृद्धि चाहिँदैन’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।
यो मुल्य वृद्धिको विरोधमा हामी सब जनता एकजुट हुन जरुरी छ, आन्दोलनमा उत्रनु भएका मित्रहरूलाई म यो विनम्र अनुरोध गर्न चाहन्छौं कि विगतका सांगठनिक नेतृत्व कर्मीहरुले जस्तो पैसामा बिकेर १० बढाएकोमा २ घटाएर हामीले मुल्यवृद्धि घटाएम भन्ने काम नहोस् । मित्रहरू अगाडि बढ्नुहोला हामी आम जनता साथमाछौं ।
फुलमून संवाददाता ।