अदीप अधिकारीका तीन कविता

१. तीतो सत्य

जब सिमानामा उभिएका गोर्खाहरूले
घर जोगाउन सिमा छोड्नुपर्छ,
तब
देशमा फिरङ्गीहरूको गुणगान सुरु हुनेछ
सुरु हुनेछ सिमानाको मोलतोल
वेश्यालयको युवतीको सिंहासनसँग
र,
वेश्यालयमा भेटिनेछन्
फिरङ्गीका प्रेमीकाहरू
आमालाई सौदाबाजी गरिरहेका महापुरूषहरूसँग ।

 

२. ज्यादती

आकाशबाट परेको पानी
त्रास बनेर जूनकीरीको आँखा हुँदै
बग्न छाडेपछि लेख्नू
धारा
उपधारा
नत्र प्रतीक्षा गर्नू जूनकीरीको मृत्यु ।

 

३. अविश्वास

जून पर्खिरहने जुनेलीहरू
औँसीमा मस्त निदाए भने
बजाउँदा हुन्छ जोर सनाई
र, गराए हुन्छ संविधानको बिहे गरीबसँग ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार