केपी ओलीले भनेको ‘गोप्य सहमति’ उनकै अगाडि च्यातिदएका हुन् प्रचण्डले !

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

केपी ओलीले भनेको ‘गोप्य सहमति’ उनकै अगाडि च्यातिदएका हुन् प्रचण्डले !

 

 

HH bajaj

 

 

आइतबार, माघ ९, २०७८ / Sun. Jan 23, 2022

 

 

काठमाडौं । केही दिनअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तीनबुँदे गोप्य सहमति गरेको, त्यो सहमति अहिलेसम्म सार्वजनिक हुन नसकेको र प्रचण्डबाटै सार्वजनिक होस् भन्ने चाहेको बताए ।

त्यसले राजनीतिकरुपमा तरंग सिर्जना गर्‍यो । राजनीतिक वृत्तमा हलचल ल्याएको गोप्य सहमति के थियो भनेर बाह्रखरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सोधेको थियो ।

Maruti cement

बाह्रखरीले राखेको प्रश्नमा दाहालको जवाफ भने यस्तो थियो, “गोप्य भनेर उहाँले नै भन्नुभएको छ । केही कुरा उहाँले नै बाहिर पनि भन्नुभएको रहेछ । गोप्य भएको सहमति एकघण्टाभित्र मैले च्यातिदिएको हुँ । सहमति एउटा खालको बनाउन खोजिएको थियो नै । तर ओलीले सहमति हुनेबित्तिकै ‘तपाईं अध्यक्ष त हुने तर लाइन चाहिँ एमालेले लिएको लिनुपर्छ है’ भनेपछि मैले पनि ‘ए ! तपाईंले त्यसको लागि सहमति गरेको हो भने यो सहमति सिद्धियो भनेर उत्तिखेरै मैले त्यहीँ भनेको हुँ’ । त्यतिमात्रै होइन त्यहीँ च्यातिदिएको हुँ । यसको औचित्य छैन । यसले ओलीको फट्याइँ पुष्टि गर्छ । सहमति हुनेबित्तिकै उनको प्रस्ताव के थियो भने– लाइन चाहिँ एमालेको मान्नुपर्छ है भनेपछि मैले च्यातिदिएको हुँ । म एमालेको भएर अध्यक्ष हुने रे ! मैले योभन्दा ठूलो बेइमानी केही हुन सक्दैन भनेर हिँडेको हुँ ।”

दस्तावेजीकरण भएको होइन ?
“सहमति त भएको हो तर सहमति भएपछि तत्कालै मैले जालझेल देखेँ । अनि अस्वीकार गरेको हुँ । त्यो त्यतिबेला नै च्यातिदिएको हुँ । एमालेकरण गराउने डिजाइन अन्तर्गत रहेछ भन्ने बुझेपछि मैले अस्वीकार गरेको हुँ,” दाहालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *