एकै दिन १०,७०३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

एकै दिन १०,७०३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

 

 

 

 

 

शनिबार, माघ ८, २०७८ / Sat. Jan 22, 2022

 

 

काठमाडौं :   नेपालमा थप १०७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८९६५८४ पुगेको छ । त्यस्तै ७६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८१९५७५ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६३५ पुगेको छ । क्वारेन्टाइनमा १५४ जना छन् भने आइसोलेसनमा ६५३७४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *