चलचित्र विकास बोर्डको अध्यक्षमा दोश्रो पटक पनि दिनेश डिसी नजाने पक्का, को बन्ला अवको अध्यक्ष ?

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

काठमाडौं, नेपाली चलचित्र क्षेत्रको सर्वाेच्च स्थान चलचित्र विकास बोर्डको अध्यक्ष रिक्त भएपछि नेपाली चलचित्र क्षेत्रमा कृयाशील रहेका विभिन्न व्यक्तिले अध्यक्ष बन्ने चाहना र लविङ गर्न सुरु गरेका छन् । अव को भन्दा को कम भन्ने फर्मुलामा आफ्ना निकट नेता तथा कलाकर्मीसँग सरसल्लाह र लविङ सुरु भएको छ । सरकारले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि गठन गरेको बोर्ड अध्यक्षबाट निकिता पौडेलले राजीनामा दिएपछि केशव भट्टराईले जिम्मेवारी पाएका थिए । भट्टराईको २०७६ मंसिर २९ गते राति निधन भएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको छ । तथापि, यसको पूर्तिका लागि तालुकदार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालसम्म कुनै प्रक्रिया अघि बढाएको भने छैन ।

को हुन सक्छन सम्भावित अध्यक्ष

१) दिनेश डिसी

चलचित्र विकास बोर्डका अध्यक्ष हुनका लागि सवैभन्दा बलियो प्रतिष्प्रर्धी हुन दिनेश डिसी, हाल रेडियो कान्तिपुरका स्टेशन म्यानेजर रहेका डिसी प्रधानमन्त्री केपी शर्मा ओलि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको गुड बुकमा रहेका व्यक्ती हुन् । यस अघी समेत उनलाई बोर्ड अध्यक्षमा प्रस्ताव एंव आँउदा केशव भट्टराईलाई मैदान खालि गराएर उनैलाई सिफारिस समेत गरेका डिसी यो पटक पनि नजाने पक्का गरेका छन् । नेकपा नेतृत्वसँग नजिक रहेका एंव ने.क.पा.चलचित्र घटक चलचित्रकर्मीको संगठन चलचित्रकर्मी संघ नेपालका संयोजक समेत रहेको डिसीको सिफारिस अध्यक्ष बन्नको लागि प्रस्तापक मत समेत हुने हुँदा डिसी अध्यक्षमा जान चाँहदा उनको सम्भावना अन्य प्रतिस्पर्धीको भन्दा निकै बलियो मानिन्छ । तर किन अध्यक्षमा नजाने भन्ने प्रश्नमा भने उनले मुख खोलेका छैनन् । उनले चलचित्रकर्मी संघ बाट अर्का सदस्य लाई सिफारीस गर्ने बताएपनि सल्लाहमा रहेको भन्दै नाम भने लिन चाहेनन् ।

२) राजेश हमाल

नेपाली चलचित्र क्षेत्रमा महानायक उपाधी पाएका राजेश हमाल चलचित्र विकास बोर्डका प्रवल दावेदार हुन् । हालसम्म संगठानीक रुपमा राजनितिमा नदेखीएका उनि आफ्नो व्यक्तित्व र छवि साथमा राखेर प्रधानमन्त्री समक्ष ईच्छा व्यक्त गरेका बुझिएको छ । उनको सम्भावना प्रवल देखीएको छ ।

३) भुवन केसी

सदावहार नायक एंव निर्माता अझ भनौ नायक अनमोल केसीका पीता समेत रहेका भुवन केसी ने क पा निकट एक व्यक्ति समेत हुन् । उनले विकास बोर्डको अध्यक्षमा जान एकदमै रुचि देखाएको उनका निकट श्रोतले बताएका छन् । राजनितिक रुपमा उनी निकट रहेका शक्तीकेन्द्रमा हारगुहार सुरु गरेका उनि माधव नेपाल मार्फत पुर्ण प्रयास गर्न सुरु गरेका उनि पनि प्रवल दावेदार नै हुन् ।

४) दयाराम दहाल

चलचित्र विकास बोर्डको सदस्य समेत रहेका दयाराम दहाल निकै वलिया प्रतिस्पर्धी हुन् । स्वर्गिय बोर्ड अध्यक्ष भट्टराईको कार्यकालमा समेत महत्वपुर्ण भुमिका निर्वाह गरेका उनि भट्टराईले सुरु गरेका र योजना बनाएका हरेका काममा उत्तराधिकारी समेत देखीएका छन् सदस्यको रुपमा विकास बोर्डमा गएर आफ्नो संयोजकत्वमा केहि उल्लेखनिय काम समेत गरेका उनि नेकपाका सदस्य समेत हुन । हाल उनि आफ्ना पीताको स्वास्थ्य उपचारको लागि खटिएर लविङमा समय दिन नपाएका उनि नियुक्तिको अन्तीम सिफारीस गर्ने संस्था चलचित्रकर्मी संघका अध्यक्ष दिनेश डिसीका निकट मानिन्छन् । यसर्थ समेत उनको सम्भावना पनि उच्च रहेको छ ।

५) राजेन्द्र उप्रति

चलचित्र निर्देशक राजेन्द्र उप्रेति हालै नेपाल चलचित्र निर्देशक समाजका उपाध्यक्ष समेत हुन् । उनि अहिले विकास बोर्डको अध्यक्ष बन्न निकै रुचि देखाएर हिडेका छन् । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेल लगाएत नेकपाका केहि नेतासँग निकट समेत देखीएका उनि पनि बलियो प्रतिस्पर्धिको रुपमा देखीएका छन ।

अन्य प्रतिस्प्रर्धि जो पनि सम्भावनामा छन् …

माथि उल्लेखित नाम बाहेक देशभक्त खनाल, उदय सुब्बा, नवल खड्का, दिपक श्रेष्ठ, चेतन सापकोटा श्याम सापकोटाले रुचि देखाएका छन् । पुर्व एमाले तथा पुर्व माओवादि निकट संगठनमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेका उल्लेखित व्यक्तिहरुको समेत सम्भावना भने देखीएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि धेरैले भित्रभित्रै लविङ शुरु गरे पनि कसैले मुख खालेका छैनन् । उनीहरु आन्तरिक रुपमा शक्तिकेन्द्रमा धाउने गरेको कुराले नेपाली फिल्मी बजार तताइरहेको छ । प्रधानमन्त्रीको स्वीकृतिमा मन्त्रीले नियुक्ति गर्ने उपसचिव लेवलको नेपाली चलचित्र क्षेत्रको सर्वाेच्च स्थान चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्ति गर्न नेकपाको घटक संगठन चलचित्रकर्मी संघको सिफारिसलाई प्रमुख आधार मानिन्छ । स्मरण रहोस हाल चलचित्र विकास बोर्डको अध्यक्ष सँगै एक सदस्य र सेन्सरबोर्डको एक सदस्य समेत रिक्त रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *