युवा नेता तथा साहित्यकार नवराज लम्सालद्वारा टिकटक २ गितकाे लाेकार्पण

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

काठमाडौ, बुढानिलकण्ठ स्थित बर्गरहाउसमा दिपेश लामा ( माेलम) काे टिकटक -२ गीतकाे म्युजिक भिडियो जनता समाजवादी पार्टीको केन्द्रीय नेता तथा यूवा साहित्यकार नवराज लम्सालले बटम थिचेर उद्घाटन गर्नुभयाे । जेवी जिम्वा र जीतु लाेप्चनकाे स्वरमा निर्माण भएकाे टिकटक-२ बिशेष गरेर वर्तमान समयकाे युवापुस्तालाई अाधार बनाएर निर्माण भएकाे गीत हाे । अाजकाे पुस्तालाई टिकटकले जसरी तानेकाे छ त्याे अाफैमा लाेभलाग्दाे छ । याे गतिविधिलाई प्रवास अर्थात अमेरिकामा बसेका दिपेशलामाले गीत मार्फत नजिकै बाट नियालेका छन ।

टिकटक काे अपार सफलतापछि टिकटक -२ अाएकाे कुरा अायाेजक कलाकारहरूले बताएका छन । जेवि जिम्वाकाे अाधिकारीक युटुव मार्फत सार्वजनिक गरिएकाे टिकटक -२ मा निरञ्जली लामा, अनिता गाेले, समीर तामाङ लगायतको उत्कृष्ट अभिनय रहेकाे छ । अमेरिकामा बसेर पनि नेपाली गीत संगितकाे श्रीबृद्दिमा लागिपरेको मा दिपेशलामा धन्यवाद काे पात्र भएकाे प्रमुख अतिथि नवराज लम्सालले मन्तव्य काे क्रममा बताउनु भएकाे थियाे । कला संगित भनेको मानव जिवनकाे अभिन्न अंग भएकाेले याे बिनाकाे जगत निरस हुने कुरा लम्सालले बताउनु भयाे । मन्तव्यकाे क्रममा युवा नेता लम्सालले कलाकार राष्ट्र काे गहना भएकाेले अाफुले सम्मान गर्ने र युग अनुकुलकाे कालजयी गीत निर्माण मा लाग्न र जनताकाे पीडा गीतमा झल्किनु पर्ने बताउनु भएकाे थियाे । वर्तमान समयमा कलाकारितामा नयाँ – नयाँ प्रयाेग भैरहेको सन्दर्भमा दिपेश लगायत टिमकाे मेहनत काे प्रतिफल निर्माण भएकाे टिकटक-२ ले श्राेताकाे मन जित्ने कुरामा अाफु ढुक्क भएकाे लम्सालले बताउनु भएकाे थियाे । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित कलाकारहरूकाे सहभागीता थियाे । कार्यक्रम समीर लामाकाे अध्यक्षतामा भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *