संविधान दिवसको दिन प्रदेश ५ भैरहवामा विरोध जुलुस
बिधयक कल्पना पाण्डे प्रमुख अतिथि

प्रदेश नम्बर 5 बुटोल । सरकारले आज देशभर संविधान दिवस मनाइरहँदा तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले भने संबिधान जारी भएको असोज 3 गतेलाई कालो दिवसको रुपमा मनाएको छ रुपन्देही जिल्लामा जिल्ला अध्यक्ष अजय बर्माको अध्यक्षतामा पार्टीको युवा नेतृ तथा प्रदेश नम्बर 5 को विधायक कल्पना पाण्डे लम्सालको प्रमुख आतिथ्यतामा भैरहवामा विरोध जुलुस निकालिएको थियो विरोध सभामा बोल्दै माननीय कल्पना पाण्डेले यो संविधान विभेदकारी भएको आदिवासी जनजाति मधेसी मुस्लिम थारु अल्पसंख्यक सिल्पी लगायतको लागि संविधान कागलाई बेल पाक्यो हर्क गर्न बिश्मत भनेजस्तो भएकोले यो सरकारले तुरुन्तै संविधान संशोधन गरी उत्पीडित जाति र समुदायले माग गरे बमोजिमको राष्ट्रिय मुद्दालाई समेट्न ढिलो गर्न नहुने बढाउनुभयो वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएकोले यसले कोरोना रोकथाम मा उल्लेखनीय भूमिका निर्वाह गर्न नसक्ने ठोकुवा गर्नुभयो । माननीय कल्पना पाण्डेले पार्टीको नीतिअनुसार संविधान संशोधन गरेर सबै जातजातिलाई संविधानप्रति अपनत्वको जगाउन लाग्नुपर्ने बताउनुभयो सभामा पार्टीको हो केन्द्रीय सदस्य मिलन यादव पार्टीको जिल्ला उपाध्यक्ष प्रशान्त गुप्ता पार्टीको उपाध्यक्ष अनिल अहमदले विभिन्न विषयमा बोल्नुभएको थियो । सभापतिको आसनबाट बाेल्दै अजय बर्माले यो संविधान प्रतिगमनकारी भएकोले यसको विरोध गरिएको बताउनुभयो उहाँले भन्नुभयो यो संविधान जनताको पक्षमा छैन मधेसीको पक्षमा छैन महिलाको पक्षमा छैन दलितको पक्षमा छैन त्यसकारण यसलाई तत्काल सम्बोधन गर्नुपर्छ भन्नुभयो विरोध कार्यक्रम संदिप त्रिपाठीले सञ्चालन गर्नुभएको थियो । संदिप त्रिपाठी जनतासँग वादी पार्टीको विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ।