कान्तिपुर टेलिभिजनको कर्मचारी युनियन विवाद, यस्तो छ वास्तविकता !

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

कान्तिपुर टेलिभिजनको कर्मचारी युनियनको विवादले उग्ररुप लिदैगर्दा एक अर्कालाई दोषारोपन गरि मिडियामा गलत प्रचार समेत गर्न सुरु गरिएको छ । केहिसमय अघि बार्षीक करारमा रहेका ३ जना कर्मचारीलाई टेलिभिजन व्यवस्थापनले नयाँ अवधिको लागि करार नविकरण नगरेपछि विवादले अझ उग्ररुप लिएको थियो ।


यस्तो छ विवादको रहष्य

२०७५ सालको मंसिर महिनामा कान्तिपुर टेलिभिजनको कर्मचारि युनियनको निर्वाचन भयो र जस्को अध्यक्षमा निर्मला वस्नेत निर्वाचित भईन भने महासचिवमा कुमार पौडेल निर्विरोध निर्वाचित भए त्यस्तै उपाध्यक्षमा श्याम श्रेष्ठ तथा कोषाध्यक्षमा जनक पाैडेल निर्वाचित भएसँगै जम्मा ११ जनाको कमिटि वन्यो । त्यसको १ बर्ष नवित्दै ३ जना कार्यसमितिको सदस्यहरु विधान विपरित कार्य गरेको ३ बर्ष नपुगेका कर्मचारी भएको कुरा उठेपछि सदस्यता खारेजि हुने भयो उक्त कुरा सुनेपछि उक्त ३ जना सदस्य (हाल कान्तिपुर टेलिभिजनबाट करार अवधि सकिएपछि सेवाबाट वर्हिगर्मन भएका कर्मचारी) सहित ४ जनाले राजिनामा दिए र सो राजिनामा स्विकृत भयो । उक्त राजिनामा स्विकृत हुँदैगर्दा अध्यक्षको महासचिव समक्ष असन्तुष्टी देखीयो भने युनियन २ भागमा विभाजित भयो । अध्यक्ष वस्नेत नेतृत्वमा उपाध्यक्ष र एक सदस्य रहे भने महासचिव पौडेलको पक्षमा सचिव, कोषाध्यक्ष र एक सदस्य रहे । केहि समय पछि सचिवको सरुवा भयो र उनले राजिनामा दिए । तत्पश्चात अध्यक्ष नेतृत्वले गलत काम गरेकोमा महासचिव समुहले विज्ञप्ती निकाल्यो भने अध्यक्ष नेतृत्वले महासचिवलाई निलम्वन गरेको सुचना प्रकाशन गर्यो ।
यस्तै शिलशिला चल्दै गर्दा अध्यक्षले पदको गरिमा जोगाउन नसकेको युनियनको अस्थित्व जोगाउन नसकेको, पेशागत संगठनलाई पार्टिको भातृ संगठन जस्तो गरि चलाउन खोजेको विधान विपरित कार्य गरेको भन्दै अध्यक्षलाई निष्काशन गरेको भनेर महासचिव समुहले श्रममा समेत सुचना दर्ता गर्यो ।

त्यस्तै विधानमा साधारण सभा दुई वर्षमा हुने बैधानिक व्यवस्था भएपनि साधारण सभाबाट पुनः महासचिलाई हटाएको भनेर झुटा विवरण श्रम कार्यालयमा पेश गरेको तथा श्रमको आफु निकटष्थ कर्मचारिले साधारण सभा भएको प्रमाण माग गरिसकेपछि उनिहरुको समुहले एक चियापान कार्यक्रम आयोजना गर्दै २५० कर्मचारि भएको संस्थामा आफु निकट २० – २२ जनालाई बोलाई या आफु निकटको किर्ते हस्ताक्षर गरि बुझाई महासचिवलाई निष्कासन गरेको पुष्टी ग¥यो भने महासचिव समुहले साधारण सभा विधानसम्मत २ बर्ष अगाडि नवस्ने र कसैले एकलौटी गरेको निर्णय मान्य नहुने भन्दै आफ्नो समुह आधिकारिक भएको भनेर सुचना प्रकाशन गर्यो ।

तत्पश्चात दुवै समुह चुपचाप वसे अनि आयो स्टेशन म्यानेजरमा दिनेश डिसीको ईन्ट्री । कर्मचारिमा एक किसमको तरंग फैलियोकी डिसीको प्रतिभा, राम्रो कामलाई स्यावासी र गलत कामको सिधा विरोध गर्ने सोझो शैली । यसबाट केहि समय जाँचवुझमा रहेका स्टेशन म्यानेजर डिसी र व्यवस्थापनका उच्च पदस्थ कर्मचारिबिचको छलफलमा एचआर विभागले संस्थामा रहेका कर्मचारी र कामको छनौट गरि एक प्रतिवेदन तयार ग¥यो । पेशागत संगठनको आडमा काम र संस्थाको अहित हुने कार्य गर्ने र व्यवस्थापनको विरोध गर्ने तथा आफ्नो जिम्मेवारीको भन्दा राजनैतिक खुरापाति र भ्रामक समचार कर्मचारिभित्र असन्तुष्टी पैदा गर्ने समुहको पहिचाहन ग¥यो । अव करार सकिएका ३ जना कर्मचारीलाई विदा गरिएपछि अध्यक्ष समुहको युनियनले ३ दिन आन्दोलन गरेको थियो तत्पश्चात विविध मिडियामा श्रोत नखुलाई संस्थाको समेत ईज्जतको ख्याल नराखी भ्रामक समाचार समेत फैलाउन लगाएकोमा व्यस्थापन समुह अझ आक्रोशित भएको बुझिएको कान्तिपुर टेलिभिजन श्रोतले जानकारि दिएको छ ।

यसै मंसिरमा युनियनको निर्वाचन रहेकोले कर्मचारिहरु युनियन निर्वाचनको पर्खाईमा रहेको पाईएको छ । युनियनको सरकारी निकाय श्रम विभागले कुनै पनि निचोड निकाल्न नसकी कसैलाई आधिकारीकता दिन नसकेकोमा दुवै पक्ष तथा व्यवस्थापन असन्तुष्ट रहेको बुझिएको छ । यसरी अध्यक्ष समुह र महासचिव समुह दुवै एक अर्काेलाई आधिकारीक भनि श्रम विभागमा सुचना दर्ता गरेको पाईन्छ । यद्यपी अवैधानिक तिन सदस्यको कान्तिपुरबाट विदा हुँदा आफु कमजोर हुने डरले समेत आन्दोलन गरेको हुनसक्ने महासचिव समुहको आंकलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *