परदेशमा घरदेशको माया, लगडाउनमा राहत बितरण गर्न सम्झिए गाउँ ;

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

बढ्दो लकडाउन सङ्गै निम्न आर्थिक अवस्थाका मानिसगरुको घरमा चुल्हो बल्न मुस्किल हुन थालेको अवस्थाका बिच गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा युवाहरु जो हाल विभिन्न शिलसिलामा विभिन्न देशहरुमा बसोबास गर्दै रहेका छन्, तिनै मनकारी युवाहरुले पालुङटार १ सातदोबाटो निवासी सेवाको भावनाले ओत्प्रोत युवा समाजसेवी पिटर कुमार श्रेष्ठमार्फत श्रेष्ठ सहितको संयुक्त प्रयासमा गाउँपालिकासङ्ग समन्वय गरि निम्न आर्थिक स्थितिका परिवारहरुलाइ गाउँपालिकाको मापदण्ड अनुसार खाद्यान्न बितरण गरेका छन् ।
लकडाउनको कारण आर्थिक क्रियाकलाप, पेशा ब्यबसाय लगायत आम्दानीको स्रोत नराम्रोसङ्ग प्रभावित भएका तथा दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने अवस्थाका गरिब ४२ घरपरिवारका १५० भन्दा धेरै मानिसहरुको लागि आफुहरुको संयुक्त पहकमा जम्मा ९३० किलोग्राम चामल, ७० लिटर तेल, ११० किलोग्राम दाल, ६२ किलोग्राम नुन तथा १०० वटा साबुन बितरण गरेको श्रेष्ठले बताए । सो कार्यको लागि बिशेष पहल हाल स्विजरल्याण्ड बसोबास गर्दै रहेका सुनिल पोखरेलले गरेका थिए ।
यस जनपक्षीय र जनहितको कार्य गर्नको लागि युवाहरुले निम्नानुसार रकम संकलन गरेका थिए ।

१) सुनिल पोखरेल (स्विजरल्याण्ड) :-२७,५०० ।-
२) गणेश गुरुङ (कतार) – रु. २०,००० ।-
३) राजेन्द्र पोखरेल (कोरिया) – रु. १०,००० ।-
4) कृष्ण भट्टराई (कोरिया) – रु. १०,००० ।-
5) पिटर कुमार श्रेष्ठ (पालुङ्टार) – रु. १०,००० ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *