बैशाख 1 गते 11 बजेर 1 मिनेटमा राष्ट्रिय गान बजाऔ वा गाऔं

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

बैशाख 1 गते 11 बजेर 1 मिनेटमा राष्ट्रिय गान बजाऔ वा गाऔ

युहान ग्रुपको परिकल्पनामा मेगा आर्ट र अनर्ड को प्रवर्द्धनमा one_minuts_for_nation, बैशाख 1 गते 11 बजे र 1 मिनेटमा राष्ट्रको सम्मानमा राष्ट्रिय गान बजाऊ वा गाऔं अभियान अहिले चर्चामा छ।जाति, धर्म र वर्ग भन्दा माथि रहेर हर नेपालीको सुख दुःखको साथि बन्दै अहिले विपत्तिमा परेका नेपाल आमाको सम्मानमा, मेरो नया वर्षको नयाँ #1_मिनेट राष्ट्रको लागि, राष्ट्रिय गानमा लगाऊन आयोजकले अनुरोध गरेको छ ।

यही वैशाख १ गते, दिनको ठीक ११ बजे, आफ्नो घरको झ्याल वा कौसी बाट राष्ट्रिय गान गाउनुहोस वा बजाउनुहोस्।
जाती धर्म भन्दा माथी नेपाली हुनुमा गर्व गर्नुहोस्। एकता, सदभाव र आशा का निम्ति। सँगै यो विपत बाट निस्कने विश्वासका साथ यो नयाँ वर्ष आरम्भ गरौं।
यसले एकता त झल्काउँछ नै, साथै मानसिक रूपमा साहसी हुन सहयोग पनि पुग्ने छ।।
“सयौँ थुङ्गा फुलका हामी, एउटै माला नेपाली” हामी ब्यबहारमा देखाऔ । युहानको इन्टरनेशनलका प्रबन्ध निर्देशक सानू खानले बताए ।
युहान इन्टरनेश्नलको परिकल्पना तथा #MEGA_Art_And_Entertainment र अनHeard को प्रवर्द्धनमा एऊटा प्रयास…भनेर अभियान मार्फत अनुरोध गरेको उक्त कार्यक्रमलाई कुनै संस्थाले फरक समयमा सुरू गरेको छ नी भन्ने प्रश्नमा केही साथिहरूले त्यसलाई ब्यत्तीगत र संस्थागत पहुँचको आधारमा केही रेडियो लगायतलाई समेत साथमा लिदै त्यस कार्यक्रमलाई घोषणा गरेको भेटियो यसर्थ प्लानिङ कपी भएता पनि/हाम्रो नाम हटाइएता पनि राष्ट्रको सम्मानमा गरिने कुनैपनी कार्यक्रमलाई हामी खुला हृदयले ससम्मान स्वागत गर्दछौ । हामी सबैले नेपालको हितको लागि स्वच्छ मनले राष्ट्रिय गान गाएर बजाएर या सामाजिक सञ्जालबाट लाईभ गर्न प्रबर्द्धक मेगा आर्ट एण्ड ईन्टरटेन्मेन्टले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *