लकडाऊनमा निशुल्क विरामी बोक्ने एम्बुलेन्सलाई विवादमा ल्याऊने प्रयास

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

रामेछाप, बिभिन्न मिडियामा नक्कलि विरामी वनाई यात्रु बोकेको अभियोगमा एम्बुलेन्स र चालक पक्राउ शिर्षकमा प्रकाशित समाचार प्रति गोकुलगंगा गाऊपालिका वडा न 6 फर्पुले गलत समाचार सम्प्रेषण गरिएको भन्दै खेद प्रकट गरेको छ । सत्य तथ्य नबुझी समाचार सम्प्रेषण भएकोमा वडाध्यक्ष चन्द्र बहादुर सुनुवारले यदि कसैले नक्कलि विरामी बनाई पैसा लिएर यात्रा गराएको प्रमाणित भए राजिनामा दिन तयार भएको फेसबुकबाट सार्वजनिक गरेका छन् ।
उनले “पुर्ण ब.तामाङ कान्छारामद्रारा (सौजन्य) गोकुल गंगा ६ फर्पुको एम्बुलेन्सले यो लक डाउन समय भरी कुनै बिमारीसँग पैसा लिएको छैन र निशुल्क सेवाका लागि अझै हामी तत्पर छौ ।” भन्दै फेसबुकमा पोस्ट गरेका छन् ।

त्यस्तै गलत समाचार प्रति वडा कार्यालयले एक बिज्ञप्ती जारी गर्दै मन्थली नगरपालिका-६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाईएको समाचारलाई खण्डन गरेको छ ।


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको  लकडाउनको समयमा तामाङले उक्त एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अवस्थामा फेला पारी प्रहरी चौकी सेलेघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको नभई काठमाडौंमा हस्पीटलले डिस्चार्ज गरि अलपत्र परेका बिरामीलाई उद्धार गर्ने क्रममा बिरामीको कुरुवा र आफन्त जस्को काठमाडौंमा वैकल्पिक वास समेत नभएकोले एम्बुलेन्समा संख्या बढि भएकोले संखाको दायरामा प्रहरीले केही समय रोकी अनुसन्धान गरी तथ्य पत्ता लगाई छोडेको कुरा सत्य भएको ले यस समाचारलाई प्रकाशन प्रसारण गर्न अनुरोध गरेको छ । साथै अहिलेको संकटको समयमा जनतामा सन्त्रास छाऊने भ्रमपुर्ण समाचार सम्प्रेषण नगर्न समेत अनुरोध गरेको छ । यस्तो कृटिकल समयमा समेत काङ्ग्रेस समाजसेवी कान्छाराम तामाङलाई विवादमा ल्याऊन केहि विपक्षी समुह लागेको र यस्तो संवेदनशील समयमा राजनीतिक विचारभन्दा माथि ऊठी त्यसो नगर्न सोहि वडा निवासी चलचित्र निर्देशक एंव सञ्चारकर्मी जनक खड्काले समेत आग्रह गरेका छन् । स्मरण रहोस एम्बुलेन्स कांग्रेस नेता समाजसेवी कान्छाराम तामाङले चुनावमा पराजित भएपनि आफ्नो वचन भन्दै सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *