कविता
बाबा

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

कविता
बुवा
साथ त हजारौ भेटिन्छन् यहाँ
ऋतु झैँ बदलिन्छन् सम्बन्धहरु
तर नौ महिना कोखमा नबोकेपनि
ममताको छहारीमा लुकाउने बुवा
जति पीडा भएपनि सन्तानको लागि
आफु जलेर मैन झैँ चाहना पुरा गराउने बुवा

सागर झैँ बिशाल बनाएर पहिले
टेक्न दियौ त्यो कोमल छाती
जुत्ता वर्षाउछन् कति नरपिचाश
खेलेर हुर्केको त्यहि छातीमाथि
फेरेर जीवनको हरेक बसन्त
मुजा परेका तिम्रा छालाहरुमा
के तिमीले झैँ चुम्बन गर्छन् होला
तिम्रा सन्तानले तिम्रा गालाहरुमा ?

आधा पेट खाएर कति दिन
सन्तानको भोक मेटायौ होला
साथमा पैसा नहुदा पनि
ऋण काढेर नंया नाना ल्यायौ होला
कति दुख सहेर मलाई
यो सुन्दर सृस्ति हेर्ने बनायौ
हिड्दै छु तिमीले ताते गरि
हिड्न सिकाएको बाटोहरुमा
तिम्रै ममता मग्मगाउछ
मैले टेकेर हिड्ने यही माटोहरुमा
संसारमा आफ्नो बुवा भन्दा ठुलो कोही हुन्न रहेछ
पराईलाई आफ्नोपन देखाए नि मन् छुन्न रहेछ


शारदा चौलागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *