Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनसहित भदौ २४ सम्म थपख

१७ भाद्र २०७७, बुधबारद

काठमाडौं – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनसहित एक साता थपिएको छ।

बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको परामर्शपछि जारी निषेधाज्ञा केही परिमार्जनसहित भदौ २४ गतेसम्मका लागि थपेका हुन् ।

दुई हप्तादेखिको निषेधाज्ञापछि आममानिसहरूले अवज्ञा गर्ने क्रमसमेत शुरू भएपछि प्रशासनले केही सहज बनाउँदै निषेधाज्ञा थपेको हो ।

जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावउन दबाब दिइरहेका बेला केही खुकुलो गरेर फेरि निषेधाज्ञा बढाइएको हो ।

अत्यावश्यक सेवा अन्तर्गतको औषधि पसल तथा विक्री वितरणलाई यथावत रूपमै सञ्चालन गर्न दिइने भएको छ ।

यस्तै अत्यावश्यक खाद्य वस्तु सेवाहरू तरकारी, फलफुल, माछामासु, दुध, दूधजन्य पदार्थ बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि यस्ता पसलहरू बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइएको थियो ।

यस्तै विकास निर्माणसँग सम्बन्धित पसल व्यवसाय र ढुवानीका साधन दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न दिइने लगायतका निर्णय भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *